टेकबहादुर पुन,दाङ,पुस १७ । जीवनको पहिलो सिकाईका लागी छोरा भर्खर बिद्यालय जान थालेको छ ।
छोराको उज्वल भबिष्यका निम्ती रजनी र शोभाकर सधै प्रयासरत थिए । शोभाकर कम्प्युटरमा पोक्त भएको र मोबाइल सम्बन्धी केही ज्ञान भएकाले सानो टहरा निर्माण गरि ब्यबसाय गर्न थाले ।
सधै मोबाइल खोल्ने र बनाउनमै शोभाकर र रजनीको दिनचर्या चल्न थाल्यो । मोबाईल ब्यबसायबाट उनीहरुको जिविकोपार्जनमा सहजता थप्यो ।
सुन्दरमय तवरबाट रजनी र शोभाकरको जीवन बित्दै थिए । छोरा र श्रीमानको लागि ठुला सपना सजाएकी रजनीको जीवनमा अचानक बज्रपात पर्यो ।
भर्खर २९ बर्षका थिए शोभाकर । आफ्नो र परिवारको सुनौलो भबिष्य बोकेका उनको गत चैतमा क्यान्सरका कारण मृत्यु भयो ।
सोच्दै नसोचेको घटनाले रजनीको जीवन अन्धकारमय बन्यो । छोराको भबिष्यप्रती चुनौतीका चाङ लागे । श्रीमान बिनाको सँघर्ष रजनीलाई भबिष्यका निम्ति कम्ती त छैन ।
९ महिना त रजनीले श्रीमान बिनानै सघर्ष गरि सकिन । रजनीलाई अझै थुप्रै सँघर्ष र चुनौती सँघ जुध्नुपर्ने बाध्यता छ । तर उनले हिम्मत हारिनन् ।
श्रीमानले नै सिकाएको मोबाइल ब्यबसायलाई अँगाल्दै आइरहेकी उनले लमही नगरपालिका वडा नम्बर ८ सतबरिया चोकमा श्यानु मोबाइल रिपेरिङ्ग सेन्टर सञ्चालन गरेकी छिन ।
पहिले भन्दा ब्यबसायलाई स्तर वृद्धि गरि पसल चलाउँदै आईरहेकि छिन ।
तिनै रजनी चौधरीलाई देउखुरी मुबाईल ब्यबसायी संघले मोबाईल तथा सामाग्री सहयोग गरेको छ ।
शनिबार संघका पदाधिकारीहरु उनकै पसलमा पुगेर ३० हजार बराबरको मोबाईल तथा सामाग्री हस्तान्तरण गरेका हुन ।
श्रीमानको देहान्त पछि पनि मोबाईल ब्यबसायी गर्दै आईरहेकी रजनीको हौसला बृद्दी गर्न र ब्यबसायमा थप टेवा पुर्याउने उद्देश्यले सामाग्री सहयोग गरिएको देउखुरी मोबाईल ब्यबसायी संघका अध्यक्ष बिजय सिँह ठकुरीले बताए ।
आय आर्जन सघ जोडिन ब्यबसायलाई निरन्तरता दिनुपर्ने उनले सुझाए ।
पिडादायी जीवन सग सघर्ष गर्दै गरेकी रजनीलाई प्रदान गरिएको सहयोग भने सराहनीय छ । त्यसो त मोबाइल संघले स्थापना कालदेखी नै अप्ठेरो परिस्थितीमा परेका ब्यबसायी तथा ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको उदाहरण छन ।
रजनीको पिडामा मलहम लगाउने प्रयत्न गरिएको र जिविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको मोबाइल ब्यबसायी संघका बरिष्ठ सल्लाहकार तथा निबर्तमाण अध्यक्ष भिम भुषालले बताए ।
जानेको पेशा र श्रिमाणको सम्झना दिलाउने मोबाईल ब्यबसायबाट नै बाँकी जिवमा सँघर्ष गर्ने रजनीको अठोट छ ।
उनले आफ्नो पीडा र ब्यबसायमा सहकार्य गरि सहयोग उपलब्ध गराउने देउखुरी मुबाईल ब्यबसायी सघ प्रती कृतज्ञता प्रकट गरिन ।
संघका बरिष्ठ उपाध्यक्ष राजु गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिब राजु कुमालले गरेका थिए ।