२०८३ असार २७ गते शनिवार

तुलसीपुर खानेपानीमा ४४ सय ५ मत खस्यो,मतगणना आजै


तुलसीपुर, पुस १७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।

तुलसीपुरको अरनी मैदानमा बिहान साढे ७ बजेदेखि मतदान सुरु भएको मतदान बेलुका ५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीका अनुसार कुल ७ हजार ४ सय ६७ जना मतदाता मध्ये ४ हजार ४ सय ५ मत मात्रै खसेको हो । मतगणना केही बेरमा सुरु गर्ने तयारी भइरहेको छ ।

संस्थाको नेतृत्वका लागि महिला सदस्य बाहेक अन्य पदहरुमा निर्वाचन भएको हो ।
तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने छ ।
खानेपानीको नेतृत्वको लागि नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाली काँग्रेसकै पवनराज बुढाथोकीको अर्कौ प्यानल चुनाबी प्रतिष्पर्धामा रहेका छन् ।
भण्डारीको प्यालनबाट उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वली रहेका छन् ।

त्यस्तै बुढाथोकी प्यानलबाट काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा प्रतिष्पर्धी छन् ।
खानेपानीको कार्यसमितिमध्ये केही सदस्य पदमा सर्वसम्मत भए पनि नौं दलिय गठबन्धनले नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई खुला सदस्यमा उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *