२०८३ मङ्सिर १० गते बुधवार

राप्तीमा लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी


तिर्थराज ज्ञवाली, देउखुरी, पुस १७ । राप्ती गाउँपालिकाको कार्यालय तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा निर्मिति सिंचाई तथा खानेपानी आयोजनाको अनुगमन भएको छ ।

वडा नं १ को माछिताल र खर्कमा सोलार सिष्टम बाट निर्मित आयोजना सञ्चालनको तयारीमा छ ।

वडा नं. १ का दुई विकट बस्तिमा खानेपानी तथा सिंचाईको सुबिधा पु¥याउने उदेश्यले सोलार लिफ्टिङ खानेपानी तथा सिंचाईको ब्यवस्था रहेको छ ।
उक्त खानेपानी योजनाको अनुगमन गरिएको हो ।
अवलोकन पछि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको सेवाका लागि सिंचाईले सर्वसाधारणको जीवन यापन सहज हुने आशा ब्यक्त गरे ।
माछिताल सुख्खा क्षेत्र हो । सोलार सिंचाईले उपलब्ध भए गहु, मकै, तरकारी उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
अनुगमन पछि गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले नागरिकको नंैसर्गिक अधिकार खानेपानी तथा सरसफाईलाई पूर्णता दिन खानेपानीको योजना सञ्चालनमा ल्याउन लागिएको बताइन ।
आयोजनाको काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशांक वावु आचार्यले करिव २८ लाखको लगानी बाट आयोजना निर्माण भएको बताए ।
जसमा गाउँपालिका तथा वडा नं. १ ले १५ लाख, नामसालिङको १० लाख र स्थानीय नागरिकको ३ लाख लागत रहेको छ । त्यस्तै खर्कको खानेपानी योजनामा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख लगानी रहेको छ ।
आयोजनाका लागि स्थानीय वगासोति खोलाको मुललाई ब्यवस्थित र संरक्षण गरि २ स्थानमा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *