२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरबाट ३ महिला र २ पुरुष ब्राउन सुगरसहित पक्राउ


दाङ, पुस १७ । दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिएका छन् ।

प्क्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नं. ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेको डिएसपी अर्यालले बताए ।
दुई दिनको अबधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पछिल्लो सयम तुलसीपुर लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ पर्न थालेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *