२०८३ असार २७ गते शनिवार

तुलसीपुर खानेपानीमा बिहान ९ बजेसम्म ३ सय १५ जनाले गरे मतदान

तुलसीपुर, पुस १७ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चुन्न शनिबार बिहान पौने आठ बजेदेखि मतदान सुरु भएको छ ।

बिहान नौं बजेसम्म तीन सय १५ जनाले मतदान गरेको निर्वाचन अधिकृत पुष्कर भण्डारीले जानकारी दिए ।

मतदानको समय बेलुका साढे चार बजेसम्म तोकिएको छ ।

मतदान तुलसीपुरस्थित अरनि खेलको मैदानमा भइरहेको छ ।

तुलसीपुर खानेपानीमा ८ हजार १ सय ६५ उपभोक्ता छन् । तर, त्यसमध्ये निर्धारित समयमा महशुल बुझाएका ७ हजार ४ सय ६७ जना मात्रै मताधिकार पाएका छन् ।

यी हुन प्रतिष्पर्धी

नेतृत्वको लागि नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाली काँग्रेसकै पवनराज बुढाथोकीको अर्कौ प्यानल चुनाबी प्रतिष्पर्धामा रहेका छन् ।

भण्डारीको प्यालनबाट उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वली रहेका छन् ।

त्यस्तै बुढाथोकी प्यानलबाट काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा प्रतिष्पर्धी छन् ।

खानेपानीको कार्यसमितिमध्ये केही सदस्य पदमा सर्वसम्मत भए पनि नौं दलिय गठबन्धनले नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई खुला सदस्यमा उम्मेदवार बनाएको छ ।

तस्बिर – बर्षात भण्डारी

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *