तुलसीपुर, पुस १५ । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तुलसीपुरबाट एक युवक पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ सागरनगर टोल निवासी ३० बर्षीय कैलाश नेपाली १ ग्राम २० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
गोप्य सुचनाका आधारमा इलाका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले बिहीबार दिउँसो साढे एक बजेतिर नेपालीलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
नेपालीले लगाएको पाइन्टको गोजीबाट १६ वटा पुडिया बनाइ राखेको अवस्थामा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको डिएसपी अर्यालले जानकारी दिएका छन् ।
पक्राउ परेका नेपाली माथि आवश्यक अनुसन्धान भइरहेको र उनका बिरुद्ध प्रतिबन्धित लागु औषध ओशार पशार तथा बिक्रि बितरण मुद्दा चलाएर कानुनी कारबाही थालिने प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार