२०८३ असार २७ गते शनिवार

घोराहीमा पुनः बिशेष नगर सभा आह्वान गर्न काँग्रेसको माग


तुलसीपुर, पुस १५ । नेपाली काँग्रेस घोराही उपमहानगरपालिका नगर कार्य समितिले पुनः विशेष अधिबेशन आह्वान गर्न माग गरेको छ ।

पुस ११ गतेको नगर अधिशेनमा आवश्यक बिषय बस्तुमाथि छलफल नै नगरी बहुमतको बलमा नगर सभा सम्पन्न गर्न खोजिएको भन्दै काँग्रेस घोराहीका सभापति तिलक रावतले बिहीबार बिज्ञप्ति प्रकाशित गरि त्यस्तो माग गरेका हुन ।

नगर सभामा संसदीय ब्यबस्थामा समेत गम्भीर प्रहार भएको सभापति रावतले उल्लेख गरेका छन् ।

सभापति रावतले सम्पूर्ण विचारको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै असहमतिमाथि छलफल गरि समाधान खोजिनु पर्ने तर्क गरेका छन् ।

छलफलको माध्यमबाट बिभेद बिनाको नगर निर्माण गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *