२०८३ भाद्र १२ गते शुक्रवार

लेनदेन मुद्दामा २ बर्ष कैद तोकिएकी घोराहीकी राधा पक्राउ

तुलसीपुर, पुस १३ । चेक बाउन्स मुद्दामा दुई बर्ष कैद सजाए तोकिएकी घोराहीकी एक महिला पक्राउ परेकी छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १५ की ३१ बर्षीया राधा बिक पक्राउ परेकी हुन ।

गत फागुन ६ गते चेक बाउन्स मुद्दामा दाङ जिल्ला अदालतले बिकलाई दुई बर्ष कैदको सजाए सुनाएको थियो ।

बिक पुस ९ गते बिहान १ बजे पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
बिकलाई सोमबार अदालतमा पुस १२ गते उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
अदालतको आदेशले तोकिएको सजाए भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *