२०८३ भाद्र १२ गते शुक्रवार

मान्छे भन्दा जनाबर ठूलो देख्ने सरकारका बिरुद्ध आन्दोलन ः अध्यक्ष पाठक

तुलसीपुर,पुस १३ । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले संघीय सरकारले वन नियमावलीको बिरुद्धमा काम गरिरहेको बताएकी छिन ।

स्थानीय वन उपभोक्त महासंघ तुलसीपुरले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यसबारे वनमन्त्री देखि प्रधानमन्त्रीलाई समेत भेटेर खबरदारी गरेको जानकारी दिइन ।

आँफहरुको माग पुस अन्तिमसम्म पनि पुरा नभए सडक आन्दोलन सुरु गर्ने उनले चेतावनी दिइन ।

अध्यक्ष पाठकले राष्ट्रिय निकुञ्ज र वन सरक्षणका नाममा सामुदायिक वनबाट जनताको अधिकार खोस्ने सरकारका बिरुद्ध देशभरका २२ हजार बढी सामुदायिक वन समूहलाई सडकमा उतार्ने बताइन ।

वर्षेनी जंगली जनबारको आक्रमणमा परेर मृत्यु तथा घाइते भएकाहरुलाई क्षेतिपूर्तिका लागि समेत राज्य उदासिन भएको बताउँदे उनले निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई खोलाबाट पानी समेत ल्याउन नदिएर अमानिवय व्यवहार गरेको भन्दै उनले आक्रोश पोखिन ।

‘वनमा न्युरो, घोंगी टिप्न र माछा मार्न गएका आदीबासी, जनजाती, दलितहरुलाई गोली हानेर मारिएको छ,उनले भनिन्,’ मान्छे भन्दा जनबार ठूलो देख्ने सरकारका बिरुद्ध आन्दोलन गर्नुको विकल्प छैन ।’

त्यस्तै उनले वन पाल्दै आएका उपभोक्तालाई गोठालो मात्रै बनाउने र ढलापरेका रुखहरु समेत उठाउन नदिने प्रबृतिका बिरुद्ध उत्रने बताइन ।

सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतमा भएको कार्यक्रमको संहजिकरण पत्रकार ओपेन्द्र बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *