२०८२ बैशाख ११ गते बुधवार

ला लिगामा मेस्सीको चार सय गोल

पुस ३० । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इल्बारलाई पराजित गरेको छ । आइतबार राति  नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इल्बारलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

इल्बारलाई पराजित गरे संगै मेस्सीले ला लिगामा चार सय गोल पनि पूरा गरेका छन् ।

खेलको १९औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको बार्सिलोनाले इल्बारको पोष्टमा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५३औं मिनेटमा गोल गर्दै मेस्सीले दोब्बर अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले फेरी गोल गर्न सफल भए । उनको गोलसँगै बार्सिलोनाले इल्बारलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै बार्सिलोना १९ खेलबाट ४३ अंक बनाएर शीर्ष स्थानमा कायमै रहेको छ । पराजित इल्बार भने समान खेलबाट २२ अंक बनाउँदै लिगको १६औं स्थानमा छ ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *