तुलसीपुर, पुस ११ । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले जेष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पाण्डेले ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न पर्ने जोड दिएका छन् ।
सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको हुँदा तीनको थप प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
