रुपन्देही,पुस ९ । सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत भेटिएका छन ।
यादव आज शुक्रवार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।
एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट रहनुभएका यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लागेका थिए ।
मृत्युको कारणबारे छानबिन सुरु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
