२०८३ मङ्सिर १० गते बुधवार

दाङमा लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

तुलसीपुर , पुस ६ । दुई लाख ४० हजार नगद रुपैंया पाउने आशमा प्रतिबन्धित लागु औषध ब्राउन सुगर बोकेर दाङ तर्फ आउँदै गरेकी एक नेपाली महिलासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

जाजरकोट घर भइ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने ४५ बर्षीया चन्द्रा राना र भारतको उत्तर प्रदेश जिल्ला बहराइच मन्सुरगञ्ज निकट जामा मस्जिदका १८ बर्षीय समिर अन्सारी दाङको अमेलियाबाट पक्राउ परेको पत्रकार सम्मेलन गरि प्रहरीले जानकारी दिएको छ ।

गोप्य सुचनाका आधारमा उनीहरुलाई सोमबार दिउँसो साढे ४ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नं. ९ अमेलिया क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसपी काफ्लेले भारतीय नागरिक अन्सारीले भारतबाट उक्त ब्राउन सुगर नेपालगञ्ज ल्याएको खुल्न आएको जानकारी दिए ।

रानाले एक दिन अन्सारीले ल्याएको ब्राउन सुगर आफु बस्ने घरमै राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
रानाले लगाएको हाइनेकमा घाँटी मुन्तिर लुकाएर राखेको अवस्थामा तीन वटा पोकामा उक्त ब्राउन सुगर बरामद भएको एसपीले बताए ।
पैदल हिडिरहेका उनीहरुलाई सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।

पत्रकार सम्मेलनमा उपस्थित गराइएकी रानाले आफुले प्रलोभनमा परेर पहिलो पटक गलत काम गरेको स्वीकार गरेकी थिइन । दुई लाख ४० हजार पाउने आशमा आफुले ब्राउन सुगर बोकेर ल्याएको उनले बताएकी थिइन । तर, उनले आफुले पहिलो पटक लागु औषध बोकेको दाबीपनि गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *