२०८३ मङ्सिर १० गते बुधवार

संसद अवरोध न्याय निरुपणमा असर पार्ने काम : सभामुख सापकोटा

काठमाण्डौ,पुस ६ । सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।

अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक व्यवस्था रहेको उनले एमालेलाई स्मरण गराए । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि सभापति सापकोटाले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढन पटकपटक आग्रह गरे ।

‘माननीय सदस्यहरुले नेपालको संविधान धारा १ को ५ ले अदालतमा विचाराधिन मुद्धाहरुको सन्दर्भमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमाथि संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु’ सापकोटाले भने ।

पार्टीको केन्द्रीय समितिले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । मंसिर २८ गते शुरु भएको संसदको हिउँदे अधिवेशनका दुबै बैठक एमाले सांसदहरुले अवरुद्ध पारेका छन् । सभामुख सापकोटाले संसद अवरुद्ध हुँदा जनताका कुरा राख्न नपाएको भन्दै धेरै सांसदले गुनासो गरेको पनि बताए ।

सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि संसद सञ्चालन गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *