तुलसीपुर,पुस ५ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले आफ्ना व्यवसायीहरुलाई राहत प्रदान गरेको छ ।
सोमबार प्रधान कार्यालय तुलसीपुरमा विभिन्न समयमा मृत्यु भएका व्यवसायीहरुका परिवारलाई राहत स्वरुप एकरएक लाखका दरले रकम हस्तान्तरण गरिएको प्रालिका अध्यक्ष शुरेस हमालले जानकारी दिए ।
प्रालिका अध्यक्ष हमालको अध्यक्षतामा भएको कार्यक्रममा रा १ झ ६०४ नम्बरका गाडी धनि टिकाराम रायमाझी, ना ३ ख ९४७ नम्बरका गाडी धनि हुमा रामिजाल र बा ४ ख ५३४७ नम्बरका गाडी धनि मानबहादुर बाठाका परिवारहरुलाई जनही एक लाखका दरले राहत रकम प्रदान गरिएको हो ।
प्रालिले यस अघि पनि दर्जन बढी मृतक गाडी धनिका परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउदै आएको छ ।
प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार