२०८० चैत्र १६ गते शुक्रवार

स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने खेलकूद क्षेत्र निकै महत्वपूर्ण – सभामुख महरा

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताएका छन । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्दै सभामुख महराले यस्तो बताए । ‘खेलकूद क्षेत्रले खेलाडीहरुको शारिरीक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, उनले भने, ‘स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्वपूर्ण छ ।’

देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीहरुलाई उचित प्रोत्साहन गर्न नसकिएको बताए । उनले भने ‘हाम्रो देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु हुनुहुन्छ तर राज्यको तर्फबाट खेलकूद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’

आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै सभामुख महराले भने, ‘खेलकूद क्षेत्रको विकास गर्न ऐन कानूनहरु कस्ता खालका बनाउनुपर्छ र कहाँ कहाँ संशोधन गर्नुपर्छ, तपाईहरुले मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।’

सो अवसरमा प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीहरुलाई सभामुख महराले ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

काठमाडौंको कलंकीस्थित न्यू डायमण्ड स्कुलमा तीन दिनसम्म चलेको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले न्यू डायमण्ड कपको उपाधि हात पारेको छ भने दोस्रो स्थान न्यू डायमण्ड क्लवले हात प्राप्त गरेको छ । त्यस्तै नेपाल पुलिसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारको राशी ३ लाख १ हजार, दोस्रो पुरस्कारको राशी २ लाख १ हजार, तेस्रो पुरस्कारको राशी १ लाख १ हजार र चौथो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०७५ पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *