२०८२ माघ ४ गते आइतवार

तुलसीपुरमा पूर्वीय दर्शनको परिसम्बाद


तुलसीपुर,पुस ३। पूर्वीय दर्शनमा आधारित सफलता,समृद्धि र प्रशसनिय दृष्टिकाेण विषयक परिसम्बाद कार्यक्रम तुलसीपुरमा भएको छ ।

तुलसीपुर मेट्राे कलेज,ग्रिन फाउन्डेसन तुलसीपुर ,तुलसीपुर बहु प्राबिधिक शिक्षालय र रास्ट्रिय युवा परिसद दाङको आयोजना एब तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा परिकल्पना नेपालका सस्थापक अध्यक्ष बुद्धि तामाङले पूर्वीय दर्शनको बारेमा जानकारी गराए ।

पूर्वीय दर्शनले गरेको अध्ययनमा मानिसहरु नाम,दाम,शक्ति,भौतिक सेवासुबिधा,बिचाराधारा र शिलसपथको पछि पछी लागि रहेका हुन्छन,उनले भने,- यदि हरेक ब्यक्ति समानता र समभाबमा लाग्न सकेमा यी ६वटा आकर्षकले आफुलाइ पछ्याइरहने छन ।

उनका अनुसार जहाँ अहंकार हुन्छ त्यहाँ विभेद हुने गर्दछ । सकारात्मक नेतृत्वले समाज रुपान्तरणमा पद्द्त पुग्ने भन्दै उनले सबैभन्दा पहिले आफ्नो मन सफा गर्नु पर्ने बताए ।

परिकल्पना नेपालका रमेश अधिकारिले सफलता हासिल गर्नका लागि अध्ययन र अभ्यासको खाचो पर्ने बताउदै सकारात्मक सोचको बाटोमा हिड्न सकेमा सधै सफलता हासिल गर्न सकिने बताए।

त्यस्तै साझेदारीका हरि घिमिरेले सकारात्मक चिन्तनको दृश्टिकाेणबाट अबको शिक्षा प्रणाली सुधार गर्न सकिने बताए ।

उनले कुशल कर्मका १० वटा अभ्यास गर्न सकेमा मानिस भित्रको अन्तरनिहित प्रतिभा उजागर गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पान्डेले समाजमा हुने विभेद अन्त्यका लागि असल सोच/बिचार अहिलेको आबश्यकता रहेको बताए ।

उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर मेट्राे कलेजका प्रधानाध्यापक बसन्त आचार्यले गरेका थिए । सो अबसरमा तुलसीपुरका निजि तथा सामुदायिक बिधालयका प्रअ,बिधार्थी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *