काठमाडौं,पुस २ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णय माथि पुनर्विचार गर्न आग्रह गरेका हुन ।
मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो ।
क्रिकेट खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको उनले बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपयुक्त विधि अपनाउनुपर्ने मन्त्री अथकले बताए ।
खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको उनले बताए ।