तुलसीपुर ,पुस २ । तुलसीपुरबाट शुक्रबार फेरि दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । यही हप्ता मात्रै दश जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का २६ बर्षीय नवराज बुढाथोकी र सल्यानको बागचौर नगरपालिका वडा नं. ४ घर भइ हाल तुलसीपुर ७ मा बस्दै आएका २८ बर्षीय डम्मरबहादुर पुन मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार गोप्य सूचनाका आधारमा तुलसीपुर ७ टिक्रापातुबाट उनीहरुलाई दिउँसो पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ५७० मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ब्यक्तिहरु माथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
