२०८३ भाद्र २१ गते आइतवार

महासंघ दाङको २९ औं स्थापना दिवसको अवसरमा रक्तदान

तस्विर ः कुलदिप न्यौपाने ।

दाङ,पुष १ । नेपाल पत्रकार महासंघ दाङको २९ औं स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।

महासंघको प्राङ्गनमा बिहीबार बिहान भएको कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा आवद्ध २० जना पत्रकारहरुले रक्तदान गरेका थिए ।
सो अवसरमा जनक नेपाली, नरसिंह वली, सुनिल थापा, जंग बहादुर रेउले, सुबास शर्मा, उदय बिसी, अमिता चौधरी,यमकला भुसाल, पिताम्बर रिजाल, लिलाधर ओली, चन्द्र प्रकाश नेपाली, श्रीधर पौडेल, बिनोद न्यौपाने, सेरचन चौधरी, अर्पण गिरी , हेमराज नेपाली, तिलक केसी, बिनोद नेपाली, प्रेम बहादुर राम्जा र कमल ओलीले रक्तदान गरेको उक्त कार्यक्रमका संयोजक कुलदिप न्यौपानेले जानकारी दिए ।

त्यस्तै स्थापना दिवसकै अवसरमा पुष २ गते शुक्रबार नेपाल पत्रकार महासंघमा दिउसो १ बजे “नागरिकको आँंखामा मिडिया” बिषयक अन्तरक्रीया कार्यक्रम हुने सचिब आर.के शितलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *