२०८३ मङ्सिर १० गते बुधवार

सीप र दक्षता हासिल नगरी वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेकाहरुको कथा

तुलसीपुर,मंसिर २९ । दाङ तुलसीपुरकी बिष्णु सुनार (नाम परिवर्तन) ३ वर्ष अघि आफन्तको सहयोगमा दुवई पुगिन । १३ वर्ष पहिले नै श्रीमानले अर्की कान्छी भित्र्याएपछि घर छाडे ।

परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरीको भविष्यका लागि बिदेशिनु उनको रहर भन्दा पनि बाध्यता जस्तै बन्यो । उनले सोचेकी थिइन बिदेशमा काम फाला फाल हुन्छ । धेरै पैशा कमाउने सकिन्छ ।

त्यही सपना बोकेर दुवई पुगेकी बिष्णु संग त्यस्तो कुनै क्षेत्रको सीप वा दक्षता थिएन । त्यसैले उनले धेरै समस्या खेप्न प¥यो । ‘सपना सजाय’ जस्तो भएन । घरेलु कामदारको लागि गएकी उनले त्यहाँ पुगेपछि बल्ल बुझिन । त्यसैले उनले करिब १० महिनासम्म निकै थोरै पारिश्रमिकमा काम गर्नुप¥यो । जस्को प्रमुख कारण काममा दक्षता नहुनु र कुनैपनि सीप हासिल नगर्नु नै थियो ।

कामको उचित पारिश्रमिक समेत नपाएपछि धेरै दुःख र हण्डर खेप्नु परेको उनले बताइन । उनी कोरोना भाइरसको महामारीको घर फर्किइन ।

घर फर्किए पछि पनि उनले घर समाजकै व्यक्तिहरुबाट अपहेनला खेप्नु प¥यो । कतिले चरित्रमाथि औंला उठाउने खोजे । जसबाट उनी दुःखी छन् ।

आज उनी बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्थानीय सरकारले क्षमता अनुसारको रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताउँछिन ।

तुलसीपुरकै प्रकाश चौधरी (नाम परिवर्तन) ४ वर्ष पहिले मलेसिया पुगे । प्लस टू सकेर विज्ञान विषय पढिरहेका उनके बुबाको मृत्यु पछि परिवारको जिम्मेवारी उनको काँधमा आइपुग्यो । घरपरिवारकै समस्याले गर्दा उनी रोजगारीको खोजीमा उनी बिदेशीन बाध्य भएको बताउँछन् ।

पढाइमा अब्बल चौधरी कुनै एक पत्रिकामा छापिएको बिज्ञापन हेरेर अन्र्तरवार्ताका लागि पुगेका थिए । जहाँ मासिक ६० हजार सम्म कमाई हुन्छ भनेर प्रचार गरिएको थियो । चौधरीे त्यो पत्याए । ठूलो सपना बुने । तर, मलेसिया पुगेपछि उनले सोचे अनुरुप तलब पाएनन् । मासिक जम्मा २३ हजार मात्रै पाए । धेरै समयसम्म उनले त्यसरी नै काम गर्न बाध्य भए । बिरानो मुलुकमा अरु कुनै बिकल्प थिएन ।


उनलाई चित्त बुझेन । केही महिना पछि नेपाल आउनको लागि नेपाली राजदुतमा पुगे । तर, उनले त्यहाँ न्याय पाएनन् । उनलाई नेपाल पठाउनुको साटो पुनः पुरानै कम्पनीमा पठाइयो ।

‘बिदेशमा कसैले सहयोग गर्नु त परैको कुरा हो, नेपालीले नेपालीलाई नै बेच्न खोज्दा रहेछन्,’ उनले भने । उनले बैदेशिक रोजगारीमा जाने खोज्नेहरु पहिला कुनैपनि क्षेत्रमा आँफु दक्ष हुनुपर्ने बताउँछन ।

‘ अरुको लहलहैमा बिदेश गए दुःख पाइने रहेछ,’ चौधरीले भने ‘ पहिला आफूले कुनै पनि क्षेत्रको सीप हासिल गर्नुस, दक्षता हासिल गर्नुस अनि मात्रै बिदेश जानुस भन्ने मेरो सल्लाह छ।’

तुलसीपुरका बिष्णु र प्रकाश उदाहरण मात्र हुन । रोजगारीका लागि बिदेश पुगेर फर्किने महिला पुरुष दुवैको पीडा उस्तै नै हुन्छ । तर त्यसमा पनि पुरुष भन्दा महिला बढी पीडित बनेका छन् । उनीहरुलाई बन्धक बनाउने र यौन शोषन गरेका थुप्रै बितान्तथहरु छन् ।

त्यही भएर पछिल्लो समय रोजगारीबाट फर्किएका महिलाहरु पारिवारीक र सामाजिक तिस्कार सहन बाध्यता छन । परिवारको आर्थिक उन्नतिको सपना बोकेर बिदेश पुग्नेहरु कसैको लहलहैमा लागेर बिदेश नजान सुझाब दिन्छन् ।

अन्यथा घर परिवार र समाजले अनेक लाल्छना लगाउने हुँदा जीवनमा थप पीडा थपिने तुलसीपुरकी हिरा नेपाली (नाम परिवर्तन) ले आफ्ना अनुभूति साटिन । मानव तस्करमा संलग्न ब्यक्तिको पछि लाग्दा उनी ४ वर्ष अघि धनगढीको एक महिलाको पासपोर्टमा उनको फोटो टाँसेर साउदीमा पठाएका रहेछन् । तर, त्यहाँ पुगेपछि नेपालीले सोचे भन्दा ठिक बिपरित पीडा कष्ट सहनु प¥यो ।

आफुसगं केही सीप नहुनु र भाषा बुझ्ने क्षमता नहुदाँ काम गर्न निकै समस्या खेप्नु परेको उनले बताइन । काम गर्न नसकेर आँफु साउदीबाट घर फर्किइन । नेपाल आएपछि पुनः परिवारकै सल्लाहमा कुवेत पुगिन । बिदेशको ठाँउ जहाँपनि उस्तै न हो । त्यहाँ पनि उनलाई काम गर्ने क्रममा घर मालिककले चोरीको आरोप लगाए । मालिकले शारिरीक यातना पनि दिन्थे ।

‘मार्नलाई पटक÷पटक गला दवाउँथे । तर, आँफु रोई कराइ बाच्न सफल भए,’ उनले भनिन् । आफु माथि भएको घटना नसुनाउने सर्तमा काम गर्न नसकेपछि मालिकले नेपाली राजदुतमा लगेको उनले बताइन । उनले त्यहाँ काम गरेको ३ महिनाको तलब समेत नपाएको बताइन ।

विभिन्न ठाउँमा हण्डर, ठक्कर खादै त्यहाँबाट भाग्दै गर्दा उनलाई प्रहरीले समातेर २२ दिन थुनामा राखेर नेपाल पठाइ दिएको रहेछ । नेपाली घरमा फर्किए पछि मात्रै शान्तिको साश फेर्न पाएको बताउँछिन ।

बिदेशमा त्यति धेरै दुःख भोगेर नेपाल आउँदा पनि उल्ट श्रीमानले चरित्रमा औंला उठाउँदा झनै पीडा भोग्नु परेको उनले सुनाइन । त्यही भएर अहिले श्रीमानबाट अलग बसेको उनी बताउँछिन ।

‘राम्रै कम्पनीमा रोजगारीका लागि गएपछि बिदेशमा महिलाहरुलाई पाइलै पिच्छे शोषण हुने रहेछ,’ उनले भनिन् ‘ सकभर आफ्नो सीप र दक्षता बिना कोही महिला दिदी बहिनी बिदेश जाने सपना नदेखुन।’


बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको भन्दै स्वदेशमै रोजगारीको व्यवस्था गरिदिन नेपालीले माग गरिन ।

आरेकको सर्बेक्षण
ओरेक दाङले बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको सहज जीवन यापनको लागि पहलहरु थालेको बताउँछ ।


आप्रवासी कामदार दिवसको अवसरमा तुलसीपरमा आयोजना गरेको कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको बारेमा उस्ले गरेको सर्बेको नतिजा समेत प्रस्तुत गरेको थियो ।

ओरेक दाङका संयोजक इश्वरी थापाले ओरेक नेपाल र एक्सन नेपालले कैलाली, दाङ, मोरङ, उदयपुर, तेह«थुम र डोटीमा वैदेशिक रोजगारवाट फर्किएका नेपलाी महिलाहरुको भोगाई , अवस्था, समस्या र चुनौति सम्वन्धि विषयमा जानकारी लिने उद्देश्यले २५ जना मुख्य सूचना दाताहरुसंग अन्र्तवाता गरेको बताइन । सर्बेमा तुलसीपुर उपमाहानगरपालीका र शान्तिनगर गाउँपालिकाका सहभागि थिए ।

सिमित श्रोत सहित देश कोभिड–१९ को सामाना गरिरहँदा आप्रवाशी महिला श्रमिकहरुको विकल्पको पहिचान,कोभिड १९ विरुद्धको सरकारी नीति, नियम र निर्णय र यसले आप्रवाशी महिला श्रमिकमाथि पारेको असर र नेपाल आउन नदिइएका आप्रवाशी महिला श्रमिकका परिवारमा परेको मानसिक तनाबको विश्लेषण गर्ने उद्देश्यले सर्वेक्षण गरिएको थापाले बताइन ।

सर्वेक्षणमा आप्रवाशी महिला श्रमिकहरु (कुवेत, वहराइन र मलेशिया)पुगेको र उनीहरु त्यही बस्नुको कारण, उनीहरु कार्यरत सम्बन्धित देशहरुमा उहाँहरुको स्वास्थ सेवामा पहुँच, रोजगार दाताहरुद्वारा तलब नदिने र भविष्यमा रोजगारीका अवसरहरुको बारेमा अन्तरवार्ता लिइएको थापाले जानकारी दिइन ।

त्यसक्रममा १६.६७ प्रतिशत फिर्ता नभएका आप्रवाशी महिलाहरु (अझै पनि गन्तव्य देशहरुमा काम गरिरहेका र लकडाउनका कारण घर फर्किन नपाएकाहरु र सम्बन्धित देशका सरकारले अन्र्तराष्ट्रिय उडानहरु रद्द गरेका कारण ) महिला थप समस्यामा परेको उल्लेख छ ।

त्यस्तै ४६.६७ प्रतिशत खाडी मुलुकहरुबाट फिर्ता आएका आप्रवाशी महिलाहरु,३६.६७ प्रतिशत भारतबाट फिर्ता आएका आप्रवाशी महिलाहरु,कूल आप्रवाशी महिला श्रमिकहरुमध्ये ३६ प्रतिशत मात्र सूचिकृत रहेका (सबै कानूनी प्रक्रियाहरु पूरा गरि गन्तव्य देशमा काठमाडौँ अन्र्तराष्ट्रिय विमानस्थलबाट उडेका ) ,२० प्रतिशत सूचिकृत नभएका आप्रवाशी महिला श्रमिकहरु जो तेस्रो राष्ट्र भारत, श्रीलङ्काको बाटो हुदँै गएका, ४४ प्रतिशत भारतमा मौसमि कामदारका रुपमा रहेका,४ प्रतिशत उत्तरदाताले भारतको नाकामा आफू मानव तस्करीमा नपरेको प्रमाण देखाउन नागरिकता र विवाह दर्ताको कागजात देखाउन परेको समस्या रहेको सर्बे रिपोर्टमा उल्लेख छ ।

रोजगारीमा जानेहरु ६४ प्रतिशत घरेलु श्रमिक , २४ प्रतिशत कम्पनिमा सरसफाई कामदार, सूचना प्रवाहक, इलेक्ट्रोनिक कार्यरत, ८ प्रतिशत कृषिमा कार्यरत र ४ प्रतिशत दैनिक ज्याला कामदारका रुपमा भारतमा कार्यरत रहेको उनीहरुको सर्बे रिपोर्टमा उल्लेख छ ।


प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *