२०८२ माघ १० गते शनिवार

बिजुली बेचेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

काठमाण्डौ,मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन । आज बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताएका हुन ।

अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्‍टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए ।

अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउनुहुँदै बिजुली बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताए ।

बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा बिजुली उपलब्ध गराएर खपत बढाउनुपर्ने बताए ।

नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आउँदो आर्थिक वर्षमा समेटिने समेत उल्लेख गरे ।

उनले कुन उद्योगलाई कहाँ कति बिजुली उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर बिजुली उपलब्ध गराउनुपर्ने बताए । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर बिजुली सहुलियतमा उपलब्ध गराउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । यसले देशलाई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *