२०८३ भाद्र १२ गते शुक्रवार

महोत्सव आयोजकले बजार सरसफाई गरे

तुलसीपुर ,मंसिर २९ । तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर बजार सरसफाई गरेको छ ।


तुलसीपुरको बस पार्कबाट सुरु भएको सरसफाई अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको हो ।

बस पार्क आपसको क्षेत्र, वीरेन्द्र चोक, विद्युत रोड हुँदै महोत्सव स्थलसम्म तीन टेक्टर फोहर संकलन गरेर व्यवस्थापन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए ।


सरसफाईका क्रममा सडे गलेका फलफुलका बोक्रा, पलाष्टिक, चाउचाउ, गुट्का, बिस्कुट, लगाएतका खोल अन्य फोहरजन्य वस्तुहरु संकलन गरिएको थियो ।

सरसफई अभियानमा तुलसीपुर उपमहागनरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधी, ब्रेफ गोर्खाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकाहरी लगाएतको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिए ।


उद्योग, व्यापार, कृषी तथा पर्यटनको पर्वद्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेदेखि १२ गतेम्म तुलसीपुर महोत्सव सुरु हुँदै छ ।


पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकण गर्ने आयोजकले अपेक्षा गरिएको महोत्सवका संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।


चेम्बरले आयोजना गर्न थालेको प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाई गरिएको हो ।

तस्विर ः ओपेन्द्र बस्नेतको फेसबुकबाट ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *