दाङ, मंसिर २९ । बाँकेमा छात्रामाथि बलात्कार अभियोगमा प्रिन्सिपल पक्राउ परेका छन् । नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ बर्षीय हिक्मत रावल १७ बर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन ।
पीडितको जाहेरी पछि तीन दिन पहिले रावललाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
घटना अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भइ सकेको एसपी अधिकारीले बताए । पक्राउ परेका रावलले टेक्निकल कलेजमा अँग्रेजी बिषय पढाउँदै आएका थिए ।
रावलले पीडित किशोरीले धर धम्की र त्रास देखाएर आँफुमाथि पटक÷पटक बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेकी छन् ।
भिडियो आँफुले सुरक्षित राखेको भन्दै त्यो सार्वजनिक गरिदिने डर, त्रास र धम्कि दिदै पटक÷पटक बलात्कार गरेको तथा भारतको लखनउसम्म लगेर यौंन शोषण गरेको पीडित छात्राले जाहेरीमा उल्लेख गरेकी छन् ।
