२०८३ मङ्सिर १० गते बुधवार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु


दाङ,मंसिर २८ । दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेको प्रहरीले बताएको छ ।

ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले सोमबार सवा १० बजे जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुल तर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाईते बालिकाको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा लगे लगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

बालिकाको पोष्टमाटम पछि अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *