२०८० चैत्र १६ गते शुक्रवार

चिनीया बच्चालाई म्याद गुज्रेको पोलियो खोप

साङघाइ, २७ पुस।  चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ ।

जियाङ्सु काउन्टी सरकारका अनुसार, यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीहरुलाई पदबाट हटाइएको छ ।

एक जना अभिभावकले यसै साताको शुरुमा स्थानीय स्वास्थ्य संस्थामा बच्चालाई पोलियो खोप खुवाउन लैजाँदा खोपको म्याद गुज्रेको थाहा पाएका थिए । उक्त खोपको म्याद डिसेम्बर ११ लेखिएको चिनीया टेलिभिजन सीसीटीभीले जनाएको छ ।

स्थानीय सरकारले डिसेम्बर ११ देखि जनवरी ७ का बीचमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको खोप लगाएको पाइएको जनाएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेको खोपको प्रभावकारिता कम हुने तर स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने दाबी गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस्तो खोप लगाउँदा बालबालिका बिरामी नहुने भन्दै त्यस्तो अवस्थामा पूर्ण खोप लगाएको मान्न नसकिने उल्लेख छ ।

गत वर्ष चीन सरकारले रेबिज भ्याक्सिनमा समस्या देखिएपछि खोप उद्योगहरुमा व्यापक सुधार गर्ने योजना अघि सारेको थियो ।

चीन सरकारले दुई महिनादेखि चार वर्ष उमेरका बालबालिकालाई निःशुल्क पोलियो खोप उपलब्ध गराइरहेको छ । यस्तो खोप स्वास्थ्य अधिकारीको निगरानीमा खुवाइन्छ । एजेन्सी

प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *