२०८३ मङ्सिर १० गते बुधवार

प्‍युठानमा युवा हत्याको आरोपमा दुई जना पक्राउ


प्यूठान,मंसिर २७ । प्यूठानमा युवक हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भण्डारीहरुको कूल पूजा हेर्न गएका मोहन महत्तरालाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्‍युठानका प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्‍यनारायण थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा प्‍युठानका प्रशन्‍न भण्डारी र कुँवेर मगर रहेका छन् ।

भण्डारी र कुँवरले मंसिर २४ गते कूल पूजामा झगडा हुँदा महत्तरालाई कुटपिट गरी हत्या गरेको उनले बताए छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *