२०८३ मङ्सिर १० गते बुधवार

सांसदहरूको एन्टिजेनबाट कोरोना परीक्षण हुने

काठमाडौँ,मंसिर २७ । सांसदहरूको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण हुने भएको छ।

संसद सचिवायलले सूचना प्रकाशित गर्दै सांसदहरूलाई संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न भनेको छ।

संघीय संसदको अधिवेशन मंसिर २८ गतेबाट सुरू हुँदैछ।

संसद सचिवालयले सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकाहरूलाई समेत कोरोना परीक्षण गर्न भनेको हो।

सचिवालयले आजै दिउँसो ३ बजेसम्ममा संसद भवन परिसरमा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *