२०८३ मङ्सिर १० गते बुधवार

पत्रकार महासघं दाङले विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने

दाङ,मंसिर २७ । नेपाल पत्रकार महासंघ दाङले चारदिनसम्म स्थापना दिवस मनाउने भएको छ । आइतबार घोराहीमा बसेको शाखाको बैठकले यस्तो निर्णय गरेको हो ।


शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको महासंघको वैठकले वैठकले स्थापना दिवसको अवसरमा पुस १ गतेदेखी ४ विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।

जस अन्तरगत पुस १ गते रक्तदान कार्यक्रम, २ गते बंगलाचुलीमा मिडीया सम्मेलन, ३ गते पत्रकार महासंघ दाबको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवश बिशेष कार्यक्रम गर्ने निर्णय गरेको वैठक पश्चात शाखा सचिव आरके शितलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थापना दिवश मनाउनकालागी नेपाल पत्रकार महासंघ दाबले चारदिन स्थापना दिवस मनाउने वैठकले विभिन्नसमितिहरु गठन गरेको छ ।

जस अन्तगर्त अध्यक्ष दुर्गालाल केसी संयोजक, उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको पुरस्कार छनोैट समिति, सचिव आर.के.शीतल संयोजक, सह–सचिवहरु दशरथ घिमीरे र दीप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवश कार्यक्रम व्यवस्थापन समिति, उदय बिसी संयोजक, दुःखहरण यादव र गिरिराज नेपाली संयोजक रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनाल संयोजक, अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको छ ।

वैठकले रेडियो स्वर्गद्धारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्मा दुबै मृगौला फेल भईमानव अंग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त किड्नी ट्रान्सपलान्ट सेन्टर दुधपाटी भक्तपुरमा उपचारत रहेकाले
उहाँको उपचारकालागी अभियान सुरु गर्ने निर्णय गरेको छ ।

जसका लागी पत्रकार महासंघ दाब शाखामा वा रामसिंह बिकको नाममा कृषी विकास बैंकको खाता नम्बर ०९१९४०१९९५३२४०१७ र प्रभु बैंकको खाता नम्बर ०३६००२७१०५००००११ मा रकम जम्मा गरेर भौचर पत्रकार महासंघ दाब शाखालाई उपलब्ध गराईदिन सबैमा अनुरोध गरिएको छ ।

वैठकले नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य नरेन्द्र के.सीको आमा जानकादेवी केसीको ८७ वर्षको उमेरमा र सदस्य जित सागर जिएमको वुवा भादुराम घर्तिको ८४ वर्षको उमेरमा हालै भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृततको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *