२०८३ भाद्र १२ गते शुक्रवार

सल्यानमा एक किशोरको कुटपिट गरि हत्या


दाङ, मंसिर २६ । सल्यानमा नाच हेर्न गएका एक किशोरको हत्या भएको छ ।
छिमेकी गाउँमा राति नाच हेर्न गएका जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटाका १६ बर्षीय टेकबहादुर बोहराको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ ।
बोहरा बुधबार राति सात जना साथीहरु संगै छिमेकी गाउँ कपुरकोट ५ रिमको ओखरपाटा भन्ने गाउँमा बिहे रहेको हुँदा नाच हेर्न गएका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बिहे घरको नजिकै काल्नामा बोहराको शब बिहीबार बिहान फेला परेको बताए ।
बोहरोलाई कुटपिट गरि हत्या गरेको आशंकामा अनुसन्धानका लागि ओखरपाटाका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । पक्राउ पर्नेमा १८ बर्षीय सुनिल बुढा, १८ बर्षकै टिकाराम बिक र २२ बर्षीय अमित सिरपाईली बिक रहेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका टेकबहादुर संगै उक्त दिन ७ जना मिलेर छिमेकी गाउँमा नाच हेर्न गएका थिए । टेकबहादुर संगै गएका प्रमोद बोहराले आफुहरु राति १० बजे बिहे घरमा टेकबहादुर र लेखमणि खड्का नाचि रहेको समयमा एक्कासी आएर टेकबहादुरमाथि आक्रमण भएको बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *