दाङ, मंसिर २६ । आइतबार बेलुकी पख दाङको तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको यात्रु बहाक जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । मृतकहरु मध्य ४५ बर्षीया महिला साउने घर्ती र ४८ बर्षीय पुरुष प्रेम शर्मा रहेको इप्रका तुलसीपुरका प्रबक्ता जलकप्रशाद शर्माले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका ३ श्रीखोला नजिकै बेलुकी साढे ४ बजेतिर रा १ ज ४३८ नम्बरको यात्राबहाक जीप दुर्घटना हुँदा ७ जना घाइते रहेको प्रबक्ता शर्माले बताए ।
घाइतेको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
