२०८३ असार २७ गते शनिवार

चोरी शिकारीको आरोपमा हतियारसहित चार जना समातिए

सुर्खेत,मंसिर २४ । सुर्खेतमा चोरी शिकारीको आरोपमा हतियारसहित चार जना समातिएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले सुर्खेत जिल्लाको मध्यवर्ती चिउरीबाँस क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अवैध हतियारसहित वन्यजन्तुको चोरी शिकार गर्न निकुञ्ज क्षेत्र प्रवेश गरेको आरोपमा उनीहरु समातिएका हुन्।

निकुञ्जको संयुक्त सुरक्षा गस्तीले सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्रबहादुर वली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्तीलाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

उनीहरुको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली, १ सय ग्राम छर्रा, ३ सय ग्राम बारुद, १५ वटा केप, ४ वटा हँसिया, ३७ थान साईकलको छर्रा, एउटा रेंती र ५ वटा सलाई बरामद भएको छ। बरामद सामाग्रीसहित नियन्त्रित सबैलाई थप अनुसन्धानका लागि निकुञ्ज हिरासतमा राखिएको अधिकृत श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *