२०८३ मङ्सिर १० गते बुधवार

गैंडाको खागसहित ३ जना पक्राउ

रुपन्देही,मंसिर २३ । प्रहरीले गैंडाको खाग जस्तो देखिने वस्तुसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका(७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका(५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।

प्रहरीका अनुसार वुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजमा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने बस्तु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *