२०८३ असार २८ गते आइतवार

माओवादीको कानुन विभागमा बार अध्यक्ष श्रेष्ठदेखि पूर्व न्यायाधीशसम्म(सूचीसहित)

काठमाण्डौ,मंसिर २३ । नेकपा (माओवादी केन्द्र)को कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् । श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको मोर्चा सम्हालिरहेका छन् ।

पूर्वमहान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नेतृत्व गरेको ३५ सदस्सीय कानुन विभागमा बहालवाला अध्यक्ष श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।

विभागको तेस्रो बरियतामा रहने गरी श्रेष्ठलाई जिम्मेवारी दिइएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा जारी परिपत्रमा उल्लेख छ ।

माओवादीको उक्त विभागमा अर्का पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठसहित पूर्वन्यायाधीशद्वय ए. मिकरानी भि चौलागाईँलाई पनि जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *