काठमाण्डौ,मंसिर २२ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।
यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन ।
प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार