
दाङ, कात्तिक २३ । २० बर्ष कैद सजाए तोकिएका ६४ बर्षीय बृद्ध पक्राउ परेका छन् ।
कपिलबस्तु जिल्लाको बारगंगा नगरपालिका वडा नं. ३ वशन्तपुरका ६४ बर्षीय जग्गु चौधरी कात्तिक २० गते पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले फरककोणलाई जानकारी दिए ।
१२ बर्ष पहिले दाङ जिल्ला अदालतले चौधरीलाई कतब्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० बर्ष कैद सजाएको फैसला सुनाएको थियो ।
२०६६ साल वैशाख २७ गतेको उक्त फैसला पछि चौधरी फरार रहँदै आएका थिए ।
फरार प्रतिबादी चौधरी कपिलबस्तुमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सुचनाको आधारमा कपिलबस्तु प्रहरीको सहयोगमा पक्राउ गरि तोकिएको सजाए भुक्तान गर्नका लागि दाङ ल्याइएको डिएसपी रिजालले जानकारी दिए ।
चौधरीलाई कात्तिक २२ गते प्रहरीले अदालतमा पेश गरेको थियो । त्यसपछि अदालतको आदेशले तोकिएको सजाए भुक्तान गर्नका लागि कारागार चलान गरिएको डिएसपी रिजालले जानकारी दिए ।
