
कपिलबस्तु, कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफूहरूले उठाउनु परेको बताएका छन् ।
नेकपा कपिलवस्तुले बुधबार शिबगढीमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले श्रमिक जनताको सपना पूरा नहुँदासम्म क्रान्ति जारी राख्ने दृढता ब्यक्त गरे ।
‘क्रान्तिको निशाना नेपाली सेना र प्रहरी होइनन् बरु दलाल पूँजीपति वर्ग हो,’ बिप्लबले भने ‘ हामी श्रमिक वर्गको उत्पाथनका लागि जस्तो सुकै कदम चाल्न पछि पर्ने छैनौं।’
बिप्लवका सहोदर दाजु नेता बीरजङ्गको निधन पछि बिप्लवको गृह जिल्ला कपिलबस्तुमा पार्टीले श्रद्धाञ्ली सभा गरेको यिथो ।
बिप्लवले दाजु बीरजङ्ग एक सरलत, निडर, इमानदार र निष्ठाबान क्रान्तिकारी भएको बताए ।
बिप्लवले राज्यबाट उपचार नपाएकै कारण दाजु बीरजङ्गको उपचारका क्रममा भारतमा निधन भएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले वीरजङ्ग इमानदार र क्रान्तिप्रति प्रतिबद्ध नेता भएको स्मरण गरे । महराले क्रान्तिकारी पार्टीहरूका बीचमा एकताको आवश्यकता औंल्याए । ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शनले स्वर्गिय बीरजङ्गले देखाएको क्रान्तिको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘नेता वीरजङ्गको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ,’ उनले भने ‘ हामीले त्यो शोक शक्तिमा बदल्न जरुरी छ ।’