
तुलसीपुर, कात्तिक ९ । नेकपा एमालेका यसअघिका तुलसीपुर उपमहानगरपालिकाका नगर कमिटी अध्यक्ष केशबराज सापकोटाले आँफूलाई पार्टी भित्रकै केही नेताहरुले फारम दर्ता गर्न समेत नदिएको बताएका छन् ।
‘मलाई फारम दर्ता गर्न नै दिइएन,’ सापकोटाले भने ‘ तुलसीपुरका मेयर घनश्याम पाण्डे लगाएतले दादा गिरी गरे।’
फारम समेत भर्न नदिएपछि आफु अधिबेशन बहिस्कार गरेर घर फर्किएको सापकोटाले फरककोणलाई बताए ।

‘ मलाई रोकेर माधव वलीलाई नगर अध्यक्ष बनाउन ठूला चलखेल र दादा गिरी भयो,’ उनले भने ‘ मैले नेताहरुलाई मलाई पार्टी अप्ठेरोमा पर्दा मात्रै संझिनु भनेर निस्केर घर आएको हुँ।’एमालेले मंगलबार दाङसहित देशैभर पालिका अधिबेशन सम्पन्न गरेको जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
