२०८३ भाद्र २३ गते मङ्गलवार

दंगीशरण चिसापानी गौशालाका सयौं गाईहरु किन मरे ?

आर्थिक घोटालाको आरोप प्रत्यारोप

चिसापानी, कात्तिक ५ । दंगीशरण गाँउपालिका वडा नम्वर ६ चिसापानी गौशालामा अनेमियताको आशंका गरिएको छ । २०७५ असार १२ गतेदेखि सञ्चालनमा आएको गौशलाका गाईहरु घाँस पराल खान नपाएर मरेको स्थानीयले बताएका छन् । स्थापनाको शुरुका दिनमा १ सय ५० वटा गाई गौशालामा रहेका थिए । केही समय संख्या बढेर २ सय ९० वटा पुगेको थियो ।

तर, पछि अधिकाँस गाईहरु उचित पालन पोषणको नपाएर धमाधम मरेको स्थानीयले जानकारी दिएका छन् ।
छाडा चौपायालाई ब्यबस्थित गर्ने उदेश्यका साथ दंगीशरण गाउँपालिका वडा नं. ६ को चिसापानीको गौशालामा घाँस, पराल खरिदका लागि गाँउपालिका र वडा नम्वर ६ ले बिनियोजन गरेको लाखौ रकम हिना मिना भएको गौशालाका संस्थापक पदाधिकारी मध्यका केहीले दोषारोपन गरेका छन् । यो गौशालाका गाईका लागि गाँउपाालिकाले ४ बर्षको अबधिमा झण्डै २५ लाख २० हजार बढी खर्च गरेको देखिएको छ ।

‘दाना,पराल र घाँसका लागि छुट्याइएको बजेटले गाईका लागि घाँस पराल किनिएन बरु मानिस आँफैले झ्वाम पारे,’ गौशालाका संस्थापक अध्यक्ष पुस्कर योगीले भने ‘ त्यसैले खान नपाएर झण्डै २ सय ९० वटा गौशलाका गाई केही अबधिमै धमाधम मरेका हुन ।’

गौशलामा अनियमितता भएको दोषारोपन गर्ने संस्थापक अध्यक्ष योगी एक्ला होइनन् । गौशालाका संस्थापक सचिब थम्मन भण्डारीले पनि गौशाला भित्र अनियमितता भएको दाबी गरे । ‘गाईको काँचो गोबर प्रति केजी ५ रुपंैयामा बिक्रि गरेर रकम भरि कुम्ल्याए,तर गौशालाका गाईलाई उचित पालन पोषण नगर्दा गाई धमाधम मरे,’ संस्थागत सचिव भण्डारीले भने ।

गौशालाको अनियमिततामा जिम्मेवार जनप्रतिनिधि नै सामेल रहेको उनले आरोप लगाए । ‘सुरुमा गौशालाबाट दैनिक २५ सय किलो गोवर उत्पादन हुने गर्दथ्यो र त्यसको बिक्रि बाट आएको रकमले घाँस पराल किन्ने गरिन्थ्यो,’ भण्डारीले भने ‘पछि आँफुहरु बाहिरिएपछि त्यहाँ मनोमानी बढ्यो र घाँस पराल किन्नै छोडियो ।’

गाईको घाँस, पराल, दाना र पानी समेत खान नपाउँदा भोक भोकै परेर मरेको स्थानीयले पनि आरोप लगाएका छन् ।
‘गाईलाई दाना, घाँस, पराल केही नदिने अनि गाई कसरी बाँचिरहन सक्छन्,’ स्थानीय गणेश चौधरीले भने ।
चौधरीले भकाभक गाई मरेपनि गाँउ नै दूर्गन्धित हुन पुगेको बताए । ‘ठूलो अपराध भएको छ,’चौधरीले भने ‘डोजरले मेरका गाईलाई खाल्डो खनेर पुरिएको थियो।’

उनले गौशालाका लगभग सबै गाई मरेपछि हाल आएर पुनः छाडा गाई पुनः खोजेर ल्याउने गर्न थालिएको जानकारी दिए । हाल गौशालामा ३८ वटा गाई रहेको स्रोतले बताएको छ ।

यो सवालमा गाँउपालिकाको वडा नम्वर ६ का अध्यक्ष टंक वलीले पनि गाई मरेको स्वीकार गरे । तर, वडाध्यक्ष वलीले संस्थपक पुस्कर योगी र सचि थम्मन भण्डारीले गौशालाको गोबर बिक्रि बापफतको हिसाव नबुझाएर बदमासी गर्दा समस्या भएको दोषारोपन गरे ।

सुरुमा पुस्कर योगी नेतृत्वको समितिका सचिब थम्मन भण्डारीले हिसाव किताव बुझाउन नसक्दा उक्त समितिलाई खारेज गरि अर्कौ समिति बनाएको हुँदा उल्टै उनीहरुले अनियमिता आँफैले गरेर आँपफूहरुलाई दोषारोपन गर्न खोज्नु हाँस्याष्पद भएको उनले बताए ।

‘ गाई मरेको साँचो हो र गाई चिसोले गर्दा मरेका हुन,’ अध्यक्ष वलीले भने ‘ भोकले मात्रै गाई मरेका होइनन् ।’
गौशाला ब्यबस्थापनको जिम्मा सुरुका २ बर्षसम्म गाँउपालिकाकाले सबै ठिक रहेको गाँउपालिकाका अध्यक्ष भागीराम चौधरीले बताए । त्यसपछिका वडा नम्वर ६ ले गौशालाको ब्यबस्थापनको जिम्मा लगेको र त्यसपछि त्यहाँ समस्या उत्पन्न भएको गाउँपालिककाका अध्यक्ष चौधरीले जानकारी दिए ।

‘जाडोमा गौशालाको सही ब्यबस्थापन हुन नसक्दा गाई मरेको भन्ने कुरा मैलेपनि सुनेको छु,’ चौधरीले भने ‘ त्यसको हामी छानविन गर्ने छौं र बदमासी देखिए कारबाही हुने छ ।’

आर्थिक बर्ष २०७४÷७५ मा वडा नम्वर ६ ले गौशाला स्थापना गरेको थियो । गौशाला ब्यबस्थापन तथा सञ्चालन समिति वडा नम्वर ६ थपगाँउका लागि आर्थिक बर्ष २०७४÷०७५ मा गाँउपालिकाले ४ लाख ६० हजार रुपैंया बिनियोजन गरेको देखिन्छ ।
त्यस्तै आर्थिक बर्ष २०७५÷०७६ मा गाँउपालिका बाट ५ लाख, आर्थिक बर्ष २०७६÷ ०७७ मा ७ लाख, आर्थिक बर्ष २०७७÷ ७८मा वडा नम्वर ६ बाट ३ लाख ४५ हजार र आर्थिक बर्ष २०७८÷ ७९मा वडा नम्वर ६ बाट ३ लाख रकम उपलब्ध गराइएको देखिन्छ ।

त्यस्तै गाउँपालिकाबाट भकारो सुधार कार्यक्रममा ५० हजार उपलब्ध समेत गराइएको छ । तैपनि, हाल आएर गौशाला १ लाख ६५ हजार घाटामा रहेका देखाएको छ ।

सबै गाई मेरपछि हाल फेरि खोजेर ल्याइएका जम्मा ३८ वटा मात्र गाई गौशालामा रहेका छन् । एकान्त वन जंगल क्षेत्रमा रहेको गौशालामा एउटा दुई कोठे जस्तापाता (टिन) को छाना भएको ट्रष्ट छ ।

त्यस्तै गौशालामा अर्कौ एउटा टहरो, एउटा सौचालय , बुवा (इनार) निर्माण गरिएको छ । त्यस्तै गौशालाको वरिपरी चारैतिर काँडे तार लगाइएको छ । त्यहाँ गेट राखिएको छ । बिजली बत्तिपनि उपलब्ध छ । देखाइएको खर्च अनुरुपको भौतिक संरचनापनि त्यहाँ देखिदैन ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *