२०८१ बैशाख ८ गते शनिवार

चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने प्रचण्डको प्रस्ताव

काठमाण्डौ,कात्तिक १ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिन प्रस्ताव राखेका थिए ।

सोमबारको बैठकमा सत्ता गठनबन्धनको सम्बन्ध, राष्ट्रिय सम्मेलनलगायत समसामयिक विषयमा छलफल भएको स्थायी कमिटी सदस्य गिरीराजमणि पोखरेलले जानकारी दिए । उनले भने, बैठक भोलि बिहान पुनः बस्नेछ । मुख्यतः पार्टीको राष्ट्रिय सम्मेलनको विषयमा छलफल भयो । ’

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *