२०८३ असोज २६ गते सोमवार

छत्रेश्वरीका ५ पसलमा चोरी


दाङ, असोज ३० । सल्यानमा गएराति एकै साथ पाँच वटा पसलमा चोरी भएको छ ।


जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरका पाँच पसलमा शुक्रबार राति एकै साथ चोरी भएको हो ।


सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले प्रारम्भीक अनुसन्धानबाट चोरले पाँच पसलबाट नगद साढे दूई लाख र अन्य सरसमान चोरेर लगेको देखिन आएको बताए ।


‘ यो प्रारम्भिक अनुमान हो,’ डिएसपी थापाले भने ‘ बिहानै घटनास्थलमा प्रहरी निरिक्षकको कमाण्डलमा प्रहरी खटाएको छु ।’


घटनास्थल पुगेर सबै कुरा बुझेपछि बृस्तृत रुपमा भन्न मिल्ने थापाले बताए ।

चोरी कार्यमा संलग्नहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *