
तुलसीपुर,असोज २५ ।नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले सोमबार तुलसीपुरमा दशैं मिलन कार्यक्रम गरेको छ । यो नै काँग्रेसले तुलसीपुरमा पहिलो पटक गरेको दशैं मिलन कार्यक्रम हो ।
तुलसीपुर नगर सभापतिमा सुरेश हमाल निर्वाचित भएपछि तुलसीपुरमा पहिलो पटक नगर कार्यसमितिले बृहत रुपमा दशैं मिलन कार्यक्रम आयोजना गरेको हो ।
विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आपसमा भाइचारा स्थापित गर्न तथा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम आयोजना गरिएको हो ।
कांग्रेस तुलसीपुर नगर सभापति शुरेस हमालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पार्टी भित्र आमुल परिवर्तनको खाँचो औंल्याए । ‘सधै यही शैलीबाट कांग्रेसलाई बलियो र संगठित बनाउन सकिदैन,’ खड्काले भने – ‘विधिलाई कुल्चने चलन र व्यक्तिवादी नेतृत्वका कारण नै कांग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।’
अब गुट र उपगुटको राजनीतिलाई त्यागेर कांग्रेसलाई बलियो बनाउन तर्फ लाग्न जरुरी रहेको सभापति खड्काले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले काँग्रेसको आन्तिरक चुनावमा जितेकाले हारेकोलाई भेदभाग नराखी समेट्दै लैजान आग्रह गरे ।
‘आन्तिरक पार्टी भित्र द्धन्द र लडाई दुवै हुन्छ,’ उनले भने ‘तर त्यसलाई निराकरण गर्न सक्नुपर्छ । त्यसो गर्न सकेमा आगामी दिनमा नयाँ बाटो तय हुनेछ ।’त्यस्तै प्रदेशका सांसद शंकर गिरीले चुनाव लोकतन्त्रको सुन्दर पक्ष भन्दै अब चुनावका तिता मिठा कुरालाई भूलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
‘ मैले पनि कुनैदिन जिल्लामै पार्टीको चुनाबमा पराजय बेहोरेको थिए,’ उनले भने ‘तर, आज म माननिय भएको छु ।’ पार्टीमा बफादारी पूर्वक काम गरे त्यसको मूल्याङकन भबिस्यमा हुनेमा ढुक्क रहन उनले आग्रह गरेका थिए ।
‘चुवान हारेर राजनीति सकिँदैन,’ गिरीले भने ‘क्रियाशील भएन भने मात्रै कुनैपनि ब्यक्तिको राजनीति सकिन्छ।’
त्यसैले आन्तरिक पार्टीको चुनाबमा हार्दैमा आत्तिने र जित्दैमा मात्तिनु गलत भएको उनको तर्क थियो ।
कार्यक्रममा सविंधान सभा सदस्य बुद्धिराम भण्डारी,पूर्व सांसद गेहेन्द्र गिरी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, प्रदेश २ (ख) का सभापति खिमबहादुर ओली लगाएतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।
उनीहरुले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा राखेका थिए । कांग्रेस पार्टी जीवन्त नरहे लोकतन्त्र धरापमा पर्ने उनीहरुको चिन्ता थियो ।
त्यस्तै कार्यक्रममा नेता महादेव शाह, महाअधिवेशन प्रतिनिधिहरु भुबबहादुर भण्डारी र सुष्मा गिरी, जिल्ला सदस्य ,सुरेन्द्र खड्का, राजु आचार्य, जोगेन्द्र विश्वकर्मा,जितबहादुर केसी, देवा डाँगी, नेविसंघ पूर्व केन्द्रीय सदस्य युवराज खड्का लगाएतले कांग्रेस लोकतान्त्रिक पार्टी हुनुले सामाजिक न्यायका पक्षमा सबै नेता कार्यकर्ता जागरुक भएर लाग्नुपर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसी,व डा नं ९ का अध्यक्ष घनश्याम ढकाल, कांग्रेस दगींशरण गाउँपालिका सभापति सम्भु गिरी, नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेश संयोजक झरेन्द्र खरेल, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, प्रजातान्त्रिक उधोग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खराल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति सुशील बस्नेत, नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी लगाएतले कांग्रेसले समय परिस्थिति अनुसार जनमुखी गतिविधि ल्याउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कांग्रेस नेता उमेश चन्द्र मजगैयाँ,नेता लेबेन्द्र धिताल, नेतृ सुशीला सुवेदी, कांग्रेस तुलसीपुर नगरका पूर्व सभापति शंकरप्रसाद पौडेल, नेपाल दलित विद्यार्थी सघ केन्द्रीय उपाध्यक्ष खेम सेन्चुरी, कांग्रेस वडा नं. ३ का सभापति झुपलाल वली, वडा नं ४ का भापति नन्दराम पुन, वडा नं ५ का सभापति मदन धिताल, वडा नं ७ का ओम ओली , वडा नं ११ का सभापति केशव केसी,वडा नं १६ का लिलाधर वली, वडा नं १८ का सभापति वीरेन्द्र खड्का,वडा नं १९ का सभापति पदम वली, तरुण दलका मुक्ति न्यौपाने लगाएतले नेपालको राजनीतिलाई सुधार्न नेपाली कांग्रेसले निष्ठा र त्यागको राजनीति गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका उपसभापति बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यबाद ज्ञापन उपसभापति गौरव सुवेदीले गरेका थिए भने सहजिकरण सचिव विमल पौडेल र सुशील वलीले गरेका थिए । कार्यक्रममा अवसरमा कांग्रेस तुलसीपुरका १९ वटै वडा सभापतिहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।