२०७८ कार्तिक १ गते सोमवार

दाङका थप ३ जना लुम्बिनी सरकारको मन्त्रीमण्डलमा सामेल

दाङ, असोज २४ । दाङका चार जना आइतबार लुम्बिनी सरकारको मन्त्री मण्डलमा सामेल भएका छन् ।
दाङको निर्वाचन क्षेत्र नं. १ –क) का नेकपा माओबादी केन्द्रका इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित बिमला खत्री ओली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन ।

त्यस्तै घोराही निवासी नेपाली काँग्रेसका नेता तथा समानुपातिक सांसद अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका छन् ।

यसअघि नै दाङको निर्वाचन क्षेत्र नं. ३ (क)बाट निर्वाचित डिल्लीबहादुर चौधरी ग्रामिण तथा शहरी बिकास मन्त्री भइ सकेका थिए ।
त्यस्तै आइतबार नै नेपाली कांग्रेसबाट पाल्पाका बीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री , बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री र पर्यटन राज्यमन्त्रीमा रिना नेपाल विक नियुक्त भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ खुवाएका हुन ।

यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। आइतबार ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पु¥याईएको छ ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *