२०७८ कार्तिक १ गते सोमवार

काँग्रेस नेता गेहन्द्र गिरीले भने – ‘परिस्थितिले साथ दिए फेरि जिल्ला नेतृत्वमा भिड्न तयार छु’

तुलसीपुर, असोज २४ । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व माननिय गेहेन्द्र गिरीले फेरि पनि आँफू जिल्ला सभापति पदमा उम्मेदावरी दिने संकेत गरेका छन् ।

आइतबार तुलसीपुरस्थित एकान्त होटेलमा काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियन सम्बद्ध पत्रकारहरु संग आयोजित दशैं मिलन कार्यक्रममा नेता गिरी आँफू निर्वाचन संग नभाग्ने र परिस्थिति आए जिल्ला नेतृत्वको लागि भिड्न तयार रहेको बताएका हुन ।
‘म प्रजातन्त्रमा बिश्वास गर्ने ब्यक्ति हुँ र म निर्वाचन संग कहिलै भाग्दिन,’ नेता गिरीले भने ‘परिस्थितिले साथ दिए म फेरि पनि जिल्ला नेतृत्वको लागि भिड्न तयार छु ।’

गिरीले यसअघि झन्डै दश बर्ष जति जिल्ला सभापतिका रुपमा पार्टीको नेतृत्व गरेको बिगत छ । दशैंपछि काँग्रेस भित्र आशन्न १४औं महाधिबेशन अन्तरगत जिल्ला नेतृत्व चुन्ने क्रम सुरु हुने छ ।

त्यस्तै उनले पार्टी भित्रकै वडा र पालिकास्तरिय निर्वाचन हेर्दा निकै भड्किलो तथा खर्चिलो भएको भन्दै यस्तो परिस्थितिमा इमान्दार तथा गरिब कार्यकर्ता पाखा लाग्ने चिन्ता जाहेर गरे ।

नेता गिरीले पार्टी भित्र मेलमिलापको वातावरण आवश्यक रहेको चर्चा गर्दै समानुपातिक पद्धतिको बिकाश गरि निर्वाचनमा होमिदा पार्टीले खर्च बेहोर्ने गरि उम्मेदवार बनाउन आवश्यक रहेको तर्क गरे ।

पार्टीलाई सबल र मजबुत बनाउन सबै नेता कार्यकर्ता इमान्दारिताका साथ लाग्न जरुरी रहेको नेता गिरीले बताए ।
नेता गिरीले पत्रकारहरु संग दशैं मिलन कार्यक्रमको आयोजना गरेको यो नै पहिलो पटक हो । भविस्यमा पनि यस्लाई निरन्तरता दिने गिरीले बताए ।

कार्यक्रममा काँग्रेस दाङका सचिव टेकबहादुर ओली, जिल्ला सदस्य जितबहादुर केसीको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरेले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *