२०७८ कार्तिक १ गते सोमवार

राप्रपा दाङको अध्यक्षमा क्षेत्रबहादुर बस्नेत चयन

तुलसीपुर,असोज २० । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको अध्यक्षमा फेरि पनि क्षेत्रबहादुर बस्नेत चयन भएका छन् ।पार्टीको महाधिबेशन अन्तरगत मंगलबार बेलुका बस्नेत सर्वसम्मत रुपमा जिल्ला अध्यक्षमा चयन भएका हुन ।

तुलसीपुर निवासी बस्नेत यो सहित लगातार तेस्रो कार्यकाल जिल्ला अध्यक्षको नेतृत्वमा पुगेका छन् ।बस्नेत पार्टी संगठन प्रति प्रतिबद्ध , इमान्दार र लोकप्रिय छन् ।

बस्नेतको पुर्खेउली घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर हो भने तुलसीपुर बजारमा पनि उनका घरहरु छन् । बस्नेत परिवार तुलसीपुरमा ब्यबसायपनि गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *