२०७८ कार्तिक १ गते सोमवार

३३ किलो सुन तस्करी प्रकरण – गोरेलाई जन्मकैदको फैसला


बिराटनगर, असोज १९ । ३३ किलो सुन तस्करी मुख्य नाइके मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको फैसला भएको छ ।

मंगलबार जिल्ला अदालत मोरङले गोरेसहित आठ जनालाई दोषी ठहर गरेको छ । मुद्दामा दोषी ठहर भएकाहरू गोरेका सहयोगी र उनीहरुका सवारी चालकहरू हुन । तर, उच्च प्रहरी अधिकारीसहित ४८ जनालाई भने सफाइ दिएको छ ।

जिल्ला अदालतले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाएको छ ।

मुद्दाका प्रतिवादीहरुमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र मदन घिमिरेलाई छ महिना कैद सजाय तोकिएको छ ।

नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतकालाई भने अदालते सफाई दिएको छ । ३३ किलो सुन तस्करहरुले सनम शाक्यको हत्या समेत गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *