दाङ, असोज १९ । महाधिवेशन प्रतिनिधिमा पराजित भएपनि जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदहरुमा उम्मेदवार दिने पाउने ब्यबस्था नेपाली काँग्रेसले गरेको छ ।
तर, यो नियम दूईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाहरुका मात्रै लागु हुने काँग्रेसले काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जारी गरेको बिज्ञप्तिमा त्यस्तो कुरा उल्लेख छ । यसअघि एक पदमा हारेको व्यक्ति अर्कौ पदमा उम्मेदवार बन्न नपाउने कांग्रेस निर्वाचन निर्देशिकामा ब्यबस्था रहेको भएपनि १४औं महाधिबेशनका क्रममा उक्त नियम हताइएको छ ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार