२०७८ कार्तिक १ गते सोमवार

साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलङ्कासँग खेल्ने

असोज १८। साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबल खेलमा आज दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ ।

खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपाली टिम श्रीलङ्कासँगको आजको खेलमा पनि जित निकाल्ने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अङ्क जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *