२०७८ कार्तिक १ गते सोमवार

ज्ञान ज्योतिले जित्यो खुल्ला फूटबलको उपाधि, प्राप्त गर्यो सवा १ लाख पुरस्कार

तुलसीपुर, असोज १६ । दाङ तुलसिपुरको टरिगाउँमा भएको जिल्लाकै सर्वाधिक पुरस्कार रासीको खुल्ला फुटबल प्रतियोगिताको उपाधि तुलसीपुरको ईनोभेटिभ ज्ञान ज्योतिले जितेको छ ।

उपाधि जितेसंगै ज्ञान ज्योतिले सवा एकलाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रथमको कप,मेडल तथा प्रमाण कब्जा गरेको छ ।
टरिगाँउ युवा क्लब तुलसीपुर १२ को आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत शनिबार दिउँसो भएको फाइनल खेलमा युनाईटेड युथ क्लब तुलसीपुरलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै ज्ञान ज्योतिले उपाधि चुमेको हो ।
उपबिजेता यूनाइटेडले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा जर्सी नं. १९ का बिनोद केसीले एक्लै ज्ञान ज्योतिका लागि दूई गोल गरेका थिए । त्यस्तै जर्सी नं. १० का निशान डाँगी र किरण योगीले समान एक÷एक गोल गरेका थिए । एक गोल भने आत्मघाति भएको थियो ।

त्यस्तै ज्ञान ज्योतिको तर्फबाट निशान डाँगी बेष्ट प्लेयर , बेष्ट स्कोरर बिनोद केसी, बेष्ट किपर प्रतिक रसाईली, बेष्ट डिफेन्स बिजयसिंह ठकुरीले जनही सात हजार पाँच सय पुरस्कार प्रदान गरिएको थियो ।

स्थानीय स्तरमा फुटबलको पहुँच अभिवृद्धि गर्न र खेलाडीको बिकासमा टेवा पु¥याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिता समापन समारोह क्लबका अध्यक्ष अबिन रजौरेको अध्यक्षतामा र दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो ।

प्रतियोगितामा जिल्लाका १३ फूटबल टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *