२०८३ भाद्र १० गते बुधवार

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटरमा सुरू भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसद गतिरोध अन्त्य गर्न भन्दै छलफलका लागि देउवाले बैठक बोलाएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थित बिनै बैठक सुरू भएको हो।

सर्वदलीय बैठकमा देउवासहित, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन्।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई बैठकमा बोलाइएको भन्दै आफूहरू नजाने उसले बताएको थियो।

यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *